Section 140
घुम्ती निरीक्षक
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको पालना गरे नगरेको निरीक्षण गर्न प्रहरी वा यातायात निरीक्षकले आवश्यकता अनुसार घुम्ती निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घुम्ती निरीक्षण गर्दा प्रहरी वा यातायात निरीक्षकले दफा १६४ मा उल्लेख भए बमोजिमको काम कारवाही भएको देखेमा त्यस्तो गर्ने व्यक्तिलाई तत्काल सो दफामा लेखिए बमोजिमको सजाय गर्न सक्नेछ ।